३ लाख ७१ हजार नगदसहित ३ जना नुवाडे पक्राउ


काठमाडौं – काठमाडौंबाट प्रहरीले नुवातास खेलिरहेको अवस्थामा ३ जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका-१२ भोटेवहालस्थित काठमाडौं छाउनी बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका ३५ वर्षीय हिक्मत थापाको होटल रोटोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं टेकु बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका २२ वर्षीय लक्ष्क्षीराम रोकाया समेत तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार २ सय रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया