पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना


नयाँदिल्ली – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

उपचारका लागि भारतको नयाँदिल्ली गएका डा. भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान ९आईएलबीएस० अस्पतालमा भर्ना भएका हुन् ।

उनका सहयोगी एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने छ ।

डा। भट्टराई स्वास्थ्य उपचार गर्न गत आइतबार दिल्ली गएका थिए । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् ।

 

प्रतिक्रिया