


प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच छलफल भएको हो।
भेटमा परराष्ट्रमन्त्री एनपी साउद पनि सहभागी थिए। उनीहरूबीच अमेरिका भ्रमण र चीन भ्रमणका एजेण्डाका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री दाहालले आइतबार पूर्वप्रधानमन्त्री, दलका नेता र परराष्ट्र विज्ञसँग एजेण्डाका विषयमा छलफल गरेका थिए।
प्रधानमन्त्री दाहाल आगामी भदौ ३० गते संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जाँदैछन्। असोज ४ गते उनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहाल अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका छ।

