२६ लाख नगदसहित विमानस्थलबाट सरकारी अधिकृत पक्राउ, अर्का कर्मचारी फरार


नेपालगञ्ज – नेपालगञ्ज स्थित राँझा विमास्थलबाट प्रहरीले २६ लाख नगदसहित सरकारी अधिकृतलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुल्सीपुर, दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा छन् ।

श्री एयरमार्फत काठमाडौँ जान लागेको अवस्थामा सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सापकोटालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले अख्तियारको जिम्मा लगाउने भएको छ ।

कर अधिकृत सापकोटाका साथमा रहेका तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने फरार भएको उनले बताए ।

 

प्रतिक्रिया