ताप्लेजुङमा कांग्रेस कार्यकर्ताद्वारा प्रदर्शन, प्रहरीले प्रदेश सांसदलाई दुर्व्यवहार गरेको आरोप


काठमाडौं – कोशी प्रदेश सभा सदस्य खगेन सिंङ हाङगामलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले ताप्लेजुङको फुङलिङ बजारमा प्रदर्शन गरेका छन्।

प्रदेश सभा सदस्यलाई दुर्व्यवहार गरेको भन्दै कांग्रेस कार्यकर्ताहरूले बिहान केहीबेर यातायात नै बन्द हुनेगरी ताप्लेजुङ सदरमुकाममा प्रदर्शन गरेका हुन्।

शुक्रबार बेलुकी करिब ११:१५ बजे डेरामै आएर प्रहरीले आफूलाई दुर्व्यवहार गरेको प्रदेश सभा सदस्य हाङगामले बताए।

प्रहरी निरीक्षक सुजन मुदेल नेतृत्वमा आएको प्रहरी टोलीले लाठी प्रहारसहित ढुंगामुढा गरेको, २ जना हवल्दारले ज्यान लिने धम्की दिएको र बर्दीबिना आएकाअसई सागर रोका क्षेत्रीले पोस्तोल लोड गरी ताकेको उनको आरोप छ।

यस्तो घटनाले सिंगो ताप्लेजुङ नै अशान्ति र मुडभेडतर्फ धकेलिएको महशुस भएको उनले बताए । यस विषयमा  ताप्लेजुङकी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले भने समस्या समाधान गर्न छलफल सुरू गरिएको जानकारी दिइन्।

ललितपुर घर भएका कांग्रेस कार्यकर्ता पेमा लामामाथि प्रहरीले कुटपिट गरेको भन्दै प्रदेश सभा सदस्यले घटनाबारे प्रहरी प्रशासनसँग चासो राखेका थिए।

 

 

 

 

प्रतिक्रिया