


थाइल्याण्डविरुद्ध जितका लागि १०६ रनको लक्ष्य

काठमाडौं — मलेसियामा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले जितका लागि १०६ रनको लक्ष्य पाएको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालका बलरलाई थाइल्यान्डका ब्याटरहरुले निराश तुल्याउँदै २० ओभरमा १०५ रन बनाउँदै उत्कृष्ट लक्ष्य प्रस्तुत गरेका हुन् ।
थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १०४ रन बनाएको हो ।
कलालाम्पुरको रहेको बायुमास ओभलमा थाइल्यान्डको तर्फबाट नन्नापट खोन्चरोन्कइले ५९ रन बनाइन् ।
नेपालकी कविता कुँवर र पूजा महतोले १ १ विकेट लिएका हुन् ।

