महिला टी-२० विश्वकप एसिया छनोटः थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, थाइल्याण्डको उत्कृष्ट क्रिकेट


काठमाडाैं – मलेसियामा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा नेपाल थाइल्यान्डविरूद्ध बलिङ गरिरहेको छ।

कलालाम्पुरको रहेको बायुमास ओभलमा टस जितेर नेपालले फिल्डिङ रोजेको हो।

थाइल्यान्डको तर्फबाट नन्नापट खोन्चरोन्कइ र नात्थकन चन्थम ब्याटिङमा छन्। ओपनर सुवानन खियटो २ रन बनाएर आउट भइसकेकी छन्।

नेपालकी कविता कुँवर, कविता जोशी र इन्दु बर्माले बलिङ गरिरहेका छन्। कुँवरले एक विकेट लिएकी छन्।

खेलको १४ ओभर सकिँदा थाइल्यान्डले १ विकेट गुमाएर ६० रन बनाएको छ।

यो खेलमा जित हात पार्न सके नेपाल महिला टी-२० विश्वकप छनोटमा पुग्नेछ। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्ने प्रावधान छ।

नेपालले विश्वकप छनोटमा स्थान पक्का गरे १० टिमसँग प्रतिस्पर्धा गर्नेछ।

१० टिम मध्ये २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

प्रतिक्रिया