कांग्रेसका सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने सापकोटा पक्राउ


काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई सांघातिक आक्रमण गर्ने श्याम सापकोटा पक्राउ परेका छन् ।

सहमहामन्त्री यादवलाई काठमाडौंको भृकुटीमण्डपमा रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा उनले धारिलो हतियारबाट आक्रमण गरेका थिए ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार सापकोटालाई सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ । सापकोटाले आफूलाई राजावादी अभियन्ताको रुपमा चिनाउने गर्थे ।

सापकोटाको खुकुरी प्रहारबाट यादवको टाउको पछाडि चोट लागेको छ । घाइते यादवको वीर अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया