बलात्कारको आरोपमा हेटौंडाबाट एक चिकित्सक पक्राउ


हेटौंडा – मकवानपुरमा महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना चिकित्सक पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको हेटौंडा सिटी अस्पतालमा कार्यरत चिकित्सक बसिम राइलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै अस्पतालमा कार्यरत एक जना पूर्व महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा काठमाडौं बुढानिलकण्ठ घरभइ हाल हेटौंडा-१ स्वर्गलोक बस्ने हेटौंडा सिटी अस्पतालका संचालक ३६ वर्षका राईलाई पक्राउ गरिएको हो ।

पक्राउ गरिएको राईलाई पाँचदिन म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया