

दार्चुलाको लेकममा २१ र २२ गते सार्वजनिक बिदा दिन मुख्यमन्त्रीलाई पत्राचार

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकामा गौरा पर्वको अवसरमा भदौ २१ र २२ गते सार्वजनिक बिदा कायम गर्न मुख्यमन्त्रीलाई पत्राचार गरिएको छ।
गाउँपालिकाले सोमबार पत्र पठाउदै दुई दिन सार्वजनिक बिदा दिन अनुरोध गरेको हो।
दार्चुलाको केही स्थानमा भदौ ७ गते गौरा मनाइएको छ भने शैल्यशिखर क्षेत्रसहित अधिकांश स्थानमा भदौ २१ गते गौरा मनाउने तयारी छ।

