

किन दिए केन्द्रिय सदस्य काफ्लेले प्रमुख सचेतकबाट राजिनामा ?

काठमाडौं – नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन राज काफ्लेले संसदीय दल प्रमुख सचेतकबाट राजीनामा दिएका छन् ।
काप्mलेले आफू दोलखाबाट निर्वाचित भएको स्मरण गर्दै सचेतकको भूमिकामा रहँदा दोलखेली जनताको सेवाका लागि समय अभाव भएको बताउँदै प्रमुख सचेतकबाट राजीनामा दिएको बताएका छन् ।
उनले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामासमक्ष राजीनामा बुझाएका हुन् ।
प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी सामाजिक सञ्जालमार्फत् दिँदै काफ्ले लेख्छन्, नेपाली कांग्रेस बाग्मती प्रदेश संसदिय दलको #प्रमुख_सचेतकको भुमिका बाट #राजीनाम दियको छु ।
गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भयकै कुरा हो ।
प्रमुख सचेतकको भुमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु ।
अत: केन्द्रिय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दियको छु ।
यस विचमा सहयोग गर्नुहुने नेपाली कांग्रेस, बाग्मती प्रदेशका सम्पुर्ण माननीय र सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।
जय नेपाल !!
काफ्ले प्रदेशसभामा दोलाखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् ।
काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुँदै उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए ।

