

नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य

काठमाडौं – नेपालले भारतलाई जितका लागि २३१ रनको लक्ष्य दिएको छ ।
श्रीलंकामा जारी खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ४८.१ ओभरमा २३० रन बनाउँदै भारतलाई उक्त लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका लागि आशिफ शेख, सोमपाल कामी र कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । आशिफले ५८ रन बनाउँदा सोमपालले ४८ रन बनाए भने कुशलले ३८ रन बनाए ।
सोमपाल अर्धशतक बनाउनबाट २ रनले टाढा रहे । उनले २ छक्का र १ चाैका हाने ।
त्यस्तै दीपेन्द्र सिंह ऐरीले २९ रन बनाउँदा गुल्सन झाले २३ रन बनाए ।
नेपालका कप्तान रोहित पौडेल ५ रनमा आउट हुँदा सन्दीप लामिछाने ९ रनमा आउट भए भने भीमसार्की ७ रनमा आउट हुँदा कुशल मल्ल २ रनमा आउट भए ।
त्यस्तै ललित राजवंशी शुन्य रनमा आउट हुँदा करण केसी २ रनमा नटआउट रहे ।
भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले ३/३ विकेट लिए ।

