

धनगढीमा स्कुटरको ठक्करबाट एकको मृत्यु

काठमाडौं – कैलालीको धनगढीमा स्कुटरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका-१ बाल्मिकी स्कुल नजिक सुदूरपश्चिम प्रदेश ०१०११ प ९१०५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-५ जाईका ४० वर्षीय जिउधन चौधरीको सोमबार बिहान मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

