

‘अब नजल्ने भयो सिंहदरबार !’, बालेनले हटाए विवादास्पद स्टाटस

काठमाडौं – चौतर्फी विरोधका साथै प्रतिक्रियापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सिंहदरबारमा आगो लगाउँछु भन्ने फेसबुक स्टाटस हटाएका छन् ।
शनिबार साँझ मेयर बालेनले ट्राफिक प्रहरीले पत्नी सविना काप्mले सवार सरकारी नम्बरप्लेटको गाडीलाई चेक गरेकोमा आक्रोश पोख्दै ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ लेखेको स्टाटस आज बिहान हटाएका हुन् ।
उनको उक्त स्टाटसपछि सामाजिक सञ्जालका साथै सञ्चारमाध्यमहरुमा व्यापक रुपमा आलोचना र विश्लेषण भएको थियो ।
उनले स्टाटस हटाएपछि एक जनाले सामाजिक सञ्जालमा, ‘अब नजल्ने भयो सिंहदरबार, मेयर साबले स्टाटस हटाउनुभयो’ भनेर प्रतिक्रिया दिएका छन् । बालेनले उक्त स्टाटस हटाएपछि अधिकांशले बालेनले राम्रो गरेको प्रतिक्रिया दिएका छन् । ‘गल्ती गरेपछि गल्ती सच्याउनु ठूलो कुरा हो, मेयर साबले उक्त विवादास्पद स्टाटस हटाएर ठिक गर्नुभयो, अब आगामी दिनमा विचार गरेर स्टाटस लेखे राम्रो हुन्थ्यो’, एक शुभचिन्तकले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।
त्यसअघि मेयर बालेन शाहको सचिवालयले ट्राफिक प्रहरीले बिरामी भएकी बालेनपत्नीलाई धम्क्याएको र गलत व्यवहार गरेको भन्दै विज्ञप्ति नै प्रकाशित गरेपनि बालेनले उक्त स्टाटस हटाए पछि बालेनले गल्ती महसुस गरेको पुष्टी भएको छ ।
उनको आधिकारिक फेसबुकमा अहिले चीनले जारी नक्सासम्बन्धीको ३१ अगस्टमा लेखेको स्टाटस रहेको छ ।

