

नेपाल-भारतबीचकाे खेल हेर्न जनकपुरमा विद्यालय बिदा

जनकपुरधाम – एसिया कप २०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम उपमहानगरपालिकाले विद्यालय आज बिदा दिने भएको छ ।
उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले सूचना जारी गरेर २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयसँग आग्रह गरेकी हुन् ।
सूचनामा भनिएको छ, ‘जनकपुरधाम उप-महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देशीय अन्तराष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचालन नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ ।’

