तीनधारे झरनाको विकासमा सरकारले सहयोग रहन्छ : प्रदेशमन्त्री लामा


धुलिखेल – बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ मा रहेको पर्यटकीय क्षेत्र तीनधारे झरनाको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहने बताएका छन् ।

शनिबार रोशी गाउँपालिका–२ को आयोजना तथा गाउँपालिकाको समन्वयमा आयोजना गरिएको ‘मनमोहक एवं प्रसिद्ध पर्यटकीयस्थल तीनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रमका अवसरमा मन्त्री लामाले तीनधारे झरना पर्यटकीय दृष्टिकोणले प्राकृतिक सुन्दरता र कृषिका लागि महत्वपूर्ण क्षेत्र रहेकाले सरकारले सकेको सहयोग गर्न तयार रहेको बताएका हुन् ।

काभ्रेपलाञ्चोक सङ्घीय राजधानी काठमाडौँबाट नजिक भएको र प्राकृतिक स्रोत भएको जिल्ला भएकाले प्राकृतिक स्रोत, सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको बताए । “आम्दानीका स्रोत पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण छन्”, उनले भने, “कृषिमा पनि राम्रो उब्जनी हुने र किसानका लागि आम्दानी गर्न उब्जाउयुक्त जमिनसँगै सम्पदा र ऐतिहासिक एवं धार्मिकस्थल भएको जिल्ला पनि भएकाले महत्वपूर्ण रहेको छ ।” झरना जाने सिँढी, रेलिङलगायत पक्की सडक निर्माण गर्नु स्थानीयको चाहना रहेको र जसले पर्यटकीय क्षेत्रको विकासका लागि सहयोग पुग्ने आशा रहेको कारण यही वर्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तीनधारे झरनासँगै नजिकै रहेको धार्मिकस्थल नमोबुद्धलाई पर्यटन प्रवद्र्धन गर्न सकेको खण्डमा पर्यटकलाई भित्र्याएर आम्दानीको स्रोतमा वृद्धि हुने आधार रहेको कारण सम्भावनालाई साकार पार्न सहयोग गर्न तयार रहेको बताए ।

सो क्रममा उनले बुद्धचित्त मालाले काभ्रेपलाञ्चोकका बासिन्दालाई दिएको आम्दानीको स्रोतसँगै प्राकृतिक झरनाले थप टेवा पु¥याएको र धार्मिकस्थल नमोबुद्धले अझ सम्भावना थपिदिएको कारण नागरिकलाई आम्दानी बढाउने कार्यमा प्रदेश सरकार साथमा रहेको बताए ।

प्रतिक्रिया