चीन भ्रमणमा पुगेका एमाले नेताहरूलाई चिनियाँ अधिकारीहरूकाे स्वागत


काठमाडाैं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा चीन भ्रमणमा पुगेका नेपाली टोलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् । चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपनिर्देशक जाउ यीले नेपाली प्रतिनिधिमण्डललाई चीनमा स्वागत गरेका हुन् ।

२२ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै महासचिव पोखरेल टोली १२ दिने भ्रमणमा चीन पुगेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन पुगेकाे टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको तयारी हुँदै गर्दा चीनले एमालेका २२ जना नेताहरूलाई चीन भ्रमण गराएको हो ।

भ्रमण टोलीमा महासचिव पोखरेलसहित स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह, केन्द्रीय सदस्यहरु राम राना, टुकाभद्र हमाल, सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरूङ, अजयकुमार गुप्ता छन्।

त्यस्तै केन्द्रीय सदस्यहरू रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई, कपिलदेव पोखरेल, जिफन्टका महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची अध्यक्ष पिताम्बर भूसाल, युवा संघका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिक बडाल, परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनाल, लुम्बिनी प्रदेश किमिटी सदस्य हुमाकुमारी डिसी र सचिवालयबाट राजेश राई र सरोजकुमार रेग्मी भ्रमण टोलीमा छन्।

 

प्रतिक्रिया