

पेप्सीकोला दुर्घटनामा घाइते सशस्त्र जवान उषाको निधन, अर्की सशस्त्र जवानसहित १३ जना घाइते

काठमाडौं – काठमाडौँको पेप्सीकोलामा भएको सवारी दुर्घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।
पेप्सीकोला दुर्घटनामा सशस्त्र प्रहरी बल नं. २० बिपद् उद्दार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो ।
जडिबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेकत्त बा३ख ४८४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६च ५३४२ नम्बरको जिपलाई ठक्कर दिएको थियो ।
दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२–०३७प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो ।
स्कुटरमा रहेकी सशस्त्र प्रहरी जवान थापाको उपचारको क्रममा मृत्यु भएको हो । उनीसँगै स्कुटरमा रहेकी अर्की जवान स्वस्थानी खड्काको उपचार भइरहेको छ । दुर्घटनामा १४ जना घाइते भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र ५ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

