बागमती नदीमा र्‍याफ्टिङ सरर…


काठमाडौं – बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले आज (शनिबार) गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ आयोजना गरिएको छ ।

जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आयोजित र्‍याफ्टिङमा काठमाडौं जिल्लाका ११ वटै स्थानीय तह सहभागी भएका छन्।

बिहान साढे ८ बजे सुन्दरीजलबाट सुरु भएको र्‍याफ्टिङ यात्रा साँझ करिब ६ बजे चोभार पुग्ने अनुमान गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया