ताेकियाे फुटबलर बिमल घर्तीमगरको शल्यक्रिया मिती


काठमाडाैं – नेपाललाई महत्वपूर्ण फुटबल प्रतियोगिताहरुमा गोल गर्दै बेग्लै पहिचान बनाएका फुटबल खेलाडी बिमल घर्ती मगरको शल्यक्रिया आगामी फागुन २५ गते हुने भएको छ। उनको खुट्टाको शल्यक्रिया कतारको अस्पतालमा हुदैंछ।

शल्यक्रियाका लागि घर्तीमगर बिगत केही हप्तादेखि कतारको राजधानी दोबास्थित एक होटलमा बसिरहेका छन। कोभिड—१९ र अन्य विरामीको चापको कारणले उनको शल्यक्रिया केही ढिला भएको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले जनाएका छन।

अर्का नेपाली फुटबल खेलाडी बिक्रम लामाको खुट्टाको शल्यक्रिया भने केही दिन अघि दोहामा सम्पन्न भएको थियो। उनी हाल दोहामा उपचारपछि आराम गरिरहेका छन। उनीहरु दुबैको उपचारकालागि कतार फुटबल संघले सहयोग गरिरहेको छ।

यी दुबै खेलाडीले विश्वकप फुटबलको छनौट चरण गुमाउने छन। खेलाडी लामा ३ वर्षअघि थ्रि स्टार क्लबबाट खेल्ने क्रममा घाईते भएका थिए। उनको त्यो चोट बल्झिएपछि खेल्न असमर्थ भएका थिए।

मगर राष्ट्रिय टिमको प्रशिक्षणको बेला घाईते भएका थिए। उनको घुँडामा गम्भीर चोट लागेको थियो। यसअघि फुटबल खेलाडी नवीन महर्जन र रविन श्रेष्ठलाई उपचारका लागि कतार पठाईएको थियो।

प्रतिक्रिया