‘ट्रक ड्राइभर’को गीतमा यसरी छमछमी नाचे पूर्वराजारानी ज्ञानेन्द्र र कोमल शाह (भिडिओसहित)
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी तथा पूर्वरानी कोमल शाहसहित परिवारका सबै सदस्यसँग झापामा छन्। धुलाबारीस्थित पाँचतारे होटल मेची क्राउनमा स–परिवार एक साताका राजपरिवार बसेको छ।
दमकस्थित हिमालय टि गार्डेनमा रहेको निवासमा लामो समयदेखि बसेका पूर्वराजारानी पाँचतारे मेची क्राउनमा भने एउटा विशेष समहारोहका लागि एक साताका लागि बसेका हुन्। पूर्वरानी कोमल शाहको ७ फागुनमा परेको जन्मोत्सव मनाउनका लागि होटल एक साताका लागि बुक गरिएको थियो।
केक काटेर धुमधामका साथ मनाइएको जन्मोत्सवमा पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह पनि नजिकिएको पाइएको थियो। जन्मोत्सवकै अवसरमा भएको सांगितीक कार्यक्रममा भने विभिन्न नेपाली राष्ट्रभक्ति गीतमा राजपरिवार रमाएको थियो।
यसैगरी पूर्वराजारानी ज्ञानेन्द्र र कोमलले नेपाली फिल्म ‘ट्रक ड्राभइभर’को सम्झना विर्सना सलल..भन्ने गीतमा मज्जाले नाचेका थिए। यीबाहेकका गीतमा पनि राजपरिवारका सबै सदस्यले रमाइलो गरेका थिए।
हेर्नुहोस् भिडिओ