


समाजवादी मोर्चाको धनगढी सन्देशसभा स्थगित

कैलाली – आज धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा अन्तिम समयमा स्थगित भएको छ ।
सुदूरपश्चिम प्रदेशको आजको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरी आउने तयारी गरिरहेका थिए ।
अन्तिम समयमा कार्यक्रम स्थगित भएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए ।
भोलि सुर्खेतमा समाजवादी मोर्चाले कार्यक्रमको तयारी गरेको छ । धनगढीको भने कहिल हुने अहिलेसम्म टुंगो लागिसकेको छैन ।

