गोसाइँकुण्डमा नेपाल टेलिकमको सेवा विस्तार


काठमाडौं – रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ। गोसाइँकुण्डमा नेपाल टेलिकमको मोबाइल तथा टुजी सेवा सञ्चालनमा आएको छ।

यसअघि टेलिकमको सेवा नहुँदा गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई फोन सम्पर्क गर्न समस्या हुँदै आएको थियो। गोसाइँकुण्डमा वर्षमा दुई पटक मेला लाग्दै आएको छ।

प्रतिक्रिया