एमसीसी भोलिदेखि कार्यान्वयमा जाँदै, उपाध्यक्ष अलफोर्ड नेपालमा


काठमाडौं – अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका छन्।

अलफोर्ड एमसीसी कार्यान्वयनको औपचारिक घोषणा हुने कार्यक्रममा सहभागी हुन काठमाडौं आएका हुन्। संसदबाट पास भइसकेको एमसीसी परियोजना भोलि (बुधबार)देखि कार्यान्वयनमा जाँदैछ।

नेपाल भ्रमणमा रहँदा अलफोर्डले एमसीसीसँगै अन्य अमेरिकी परियोजना र स्थानीय सांस्कृतिक क्षेत्रमको भ्रमण गर्ने तथा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरूलाई भेटघाट गर्ने कार्यक्रम छ। उनी १५ गते स्वदेश फर्किने बताइएको छ। मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसिसी बुधबारदेखि कार्यान्वयन हुँदैछ।

प्रतिक्रिया