

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो ४ बजे बस्न लागेको हो ।
बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै एक सचिव बढुवा गरिँदै छ ।
सोमबार सिफारिस तीन सहसचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेलमध्ये एक जनालाई सचिव बनाउने निर्णय हुँदै छ ।
गत भदौ पाँच गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. गोपीकृष्ण खनाल अनिवार्य अवकाश भएसँगै रिक्त एक पदका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।
त्यसैगरि आजको बैठकमा पुनः सहसचिवको सरुवा निर्णयबारे सहमति लिन सक्ने पनि बुझिएको छ । केही दिनअघिको बैठकले पनि अनुसूची अनुसार सरुवा गर्ने निर्णय गरे पनि ठुँगो लगाउन नसक्दा नाम थप्ने घटाउनेमै सीमित भयो ।
१० जनाबाट शुरु भएको सुची ३५ जनासम्म पुग्दा बैठकबाट सहमति लिएकोमा सरुवा गर्न सकिएन । त्यसपछि पुनः ४८ जना पुगाइयो र पछिल्लो प्रशासनलाई प्राप्त जानकारी अनुसार ४२ जनासम्म पुगेको छ । तर यो पनि ठुँगो लगाउन फलामको चिउरा चपाउन सरह भएको बुझिएको छ ।

