टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा डाक्टरको मृत्यु


मोरङ – मोरङको उर्लाबारीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार भएको दुर्घटनामा  ज्यान गुमाउनेमा सप्तरीका २८ वर्षीय चिकित्सक निरज यादव रहेको जनाइएको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार पूर्व(पश्चिम राजमार्गको उर्लाबारी–४ स्थित  ओम  सत्य साई पेट्रोल पम्प नजिकै यादवलाई बिहान सवा छ बजे टिपरले ठक्कर दिएको थियो।

डाक्टर यादव पूर्वतिर गइरहेका थिए भने टिपर पश्चिम गइरहेको थियो। टिपरले यादव सवार  प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई   प्र ३–००१ क ००९५ नम्बरको टिपर आपसमा जुध्दा उनी गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार टिपर चालक झापा  मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया