सुतेकै ठाउँमा बिच्छीले टोक्दा गयो बालिकाको ज्यान


सिन्धुली – सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका-३ कुँडुलेमा बिच्छीले टोक्दा एक बालिकाले ज्यान गुमाएकी छन्।

स्थानीय रमिला पाख्रिनकी छोरी ५ वर्षीया छोरी सोनिया पाख्रिनलाई आफ्नै घरको ओछ्यानमा बिच्छीले टोक्दा ज्यान गएको हो।

उनलाई उपचारका लागि मकवानपुर अस्पताल ल्याइएकोमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया