राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिहंदरवारमा जारी


काठमाडौं – राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, मन्त्री, मूख्यमन्त्री, मूख्य सचिव, सचिव ज्यूहरु, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति रहेको छ ।

बैठकमा अहिले योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले प्रस्तुति राखिरहेका छन् । बैठकले विकास निर्माण र मन्त्रालयगत समस्याहरू समाधानमा महत्वपूर्ण निर्णयहरू लिनेछ ।

प्रतिक्रिया