
सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी
काठमाडौँ – सोमवार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गएको बिहीबारदेखि छापावाल सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुन तोलाको एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार तोलाको एक हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो ।



कागजपत्र |
