
सिन्धुलीमा टाउको बिनाको महिलाको शव फेला
सिन्धुली – सिन्धुलीमा एक महिलाको टाउको बिनाको शव भेटिएको छ । जिल्लाको सुनकोशी गाउँपालिका २ टुपीडाँडास्थित सुनकोशी नदी किनारमा एक महिलाको टाउको बिनाको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कोशी किनारमा महिलाको शव देखेपछि शनिबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए। करिब ३५ वर्षीया महिलाको शव नदीले काभ्रेतिरबाट बगाएर ल्याएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
शवको सनाखत हुन सकेको छैन । पोष्टमार्टमपछि उक्त शव सिन्धुली जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।
प्रहरीले ती महिलाको हत्या भएको अथवा बाढी तर्ने क्रममा बगाउँदा मृत्यु भएको अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
