जोशीलाई संसदीय समितिको सभापति बनाउने एकीकृत समाजवादीको तयारी


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक जारी छ ।

बैठक पार्टी कार्यालयमा साढे आठ बजेबाट सुरु भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा संसदीय समितिका सभापति चयनबारे छलफल हुने नेताहरूको भनाई छ ।

एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पाउने सत्ता गठबन्धनमा सहमति भैसकेको छ ।

सो समितिको सभापति कसलाई बनाउने भन्ने बैठकले निर्णय गर्ने बुझिएको छ । समितिको सभापतिमा बझाङका सांसद भानुभक्त जोशीलाई उम्मेदवार बनाउने चर्चा चलेको छ । समितिको निर्वाचन भदौ ११ गते सोमबारलाई तय भएको छ ।

प्रतिक्रिया