

प्रहरीका ४२३ जना वरिष्ठ सईको सरूवा, १२० जनाको पदस्थापन

काठमाडाैं – नेपाल प्रहरीका ४२३ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरूको सरूवा र १२० जनाको पदस्थापन भएको छ।
प्रहरी अतिरिक्त महानिरीक्षकको आज (शुक्रबार) को निर्णयअनुसार वरिष्ठ सईहरूको सरूवा तथा पदस्थपान भएको हो।
जनपदतर्फका ४०६ जना र सञ्चारतर्फका १७ जना वरिष्ठ सईहरूको सरूवा भएको हो।
यस्तै जनपदतर्फका १२० जना वरिष्ठ सईहरूको पदस्थापन भएको हो।

