काठेपुल भाँचिएर खोलामा खस्दा पाडोसहित गोठालो बेपत्ता, भैँसी जिउँदै फेला


बाजुरा – बाजुरामा काठेपुल भाँचिँदा खोलामा खसेर एक जना बेपत्ता भएका छन् ।

बाजुरा प्रहरीका अनुसार बाजुरा बूढीनन्दा नगरपालिका–३, लौठारुखका २७ वर्षीय गंग लुहार सोही नगरपालिकाको वडा नम्बर ४ मा रहेको घोडाकोट खोलामा खसेर बेपत्ता भएका हुन् ।

उक्त खोलामा रहेको काठेपुल (सांगो) बाट भैँसी र पाडोसहित खोला पार गर्ने क्रममा अचानक काठेपुल भाँचिएको हो । भैँसी र पाडोसँगै खोलामा खसेका लुहार हराएका हुन् ।

यस्तै भैँसी जिउँदै अवस्थामा खोलामा किनारमा फेला परे पनि पाडो भने हराएको प्रहरीले जनाएको छ। प्रहरीले खोजी जारी राखेको छ।

प्रतिक्रिया