त्रिशुली बस दुर्घटनाः मृतक सबै ८ जनाको नै सनाखत


धादिङ – काठमाडाैंबाट म्याग्दीको बेनी जाँदै गरेको अवस्थामा बुधबार त्रिशुली नदीमा बस खसेर भएको दुर्घटनामा परी ज्यान गुमाउने आठै जनाको सनाखत भएको छ।

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार आज बिहानसम्म सबै मृतकहरूको सनाखत भएको हो।

मृतकहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका-८ का २० वर्षीय शुसिल रम्तेल र १६ वर्षीय सबिन रम्तेल, पर्वतको जलजला गाउँपालिका-६ का ४२ वर्षीय राधिका सापकोटा र पर्वतको धौलागिरी गाउँपालिका-५ का ७२ वर्षीय टेक बहादुर छन्त्याल छन्।

बुधबार बिहान काठमाडौंबाट वेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ चालिसेछहरामा सडकबाट त्रिशुली नदीमा खसेको थियो।

चालक र सहचालक गरी बसमा २५ जना सवार थिए । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर भएको जनाइएको छ ।  उनीहरूको काठमाडाैंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया