


कोसीका मुख्यमन्त्रीविरुद्धको रिटमाथि भोली सुनुवाई हुने

काठमाडौं – कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विरुद्धको सर्वोच्च अदालतमा दायर भएको रिटमाथि भोली (बिहिबार) सुनुवाई हुने भएको छ । नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट भोली बिहीबारका लागि पेसी तोकिएको हो ।
मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पुर्याएको विरोधमा एमाले सर्वोच्च पुगेको हो ।
बिहीबार अन्तरिम आदेश भएमा थापा नेतृत्वको सरकार फेरि संकटमा पर्ने छ । यसअघि सभामुखको हस्ताक्षरबाट बहुमत पुर्याएका थापा नेतृत्वको सरकार साउन १० मा सर्वोच्चको आदेशबाटै ढलेको थियो ।

