अग्लो मानिसलाई होचो भन्दा क्यान्सरको बढी जोखिम


काठमाडौँ – क्यान्सर सम्बन्धित रोगहरुको समुहलाई दिइएको नाम हो । यो शरीरमा असामान्य कोषहरुको अनियन्त्रित वृद्धी विकासको कारणले हुन्छ । सय प्रकार भन्दा बढी क्यान्सरहरुले मानिसलाई असर पार्दछ । सबै प्रकारका क्यान्सरमा शरीरमा भएका केही कोषहरु निरन्तर विभाजित हुन थाल्छ र तन्तुहरुको वरिपरी फैलिन्छ ।

सामान्यतया क्यान्सर शरीरमा नयाँ कोषहरुको आवश्यकता भन्दा बढी वृद्धी विकास भयो भने हुन्छ । क्यान्सर हाम्रो शरीरको जुन भागबाट पनि सुरु हुन सक्छ ।

अग्ला मानिसहरुलाई होचा मानिसहरुभन्दा धेरै क्यान्सर हुने गवरेको अनुसन्धानबाट खुल्न आएको छ । सन २०१८ मा प्रत्येक थप १० सेन्टिमिटर (४ इन्च) उचाइ भएको व्यक्तिमा १० प्रतिशतले क्यान्सरको जोखिम बढ्ने एक अध्ययनले पत्ता लगाएको थियो । सन १९५० मा वैज्ञानिकहरुले उचाइ र क्यान्सरबीचको सम्बन्ध पत्ता लगाएका थिए ।

उनीहरुका अनुसार उचाइ धेरै भएको व्यक्तिको शरीरमा धेरै कोषहरु हुन्छन् जसबाट क्यान्सरयुक्त कोषको उत्पन्न हुने सम्भावना बढी हुन्छ ।

के हो क्यान्सर ?

क्यान्सर एक प्रकारको प्राणघातक रोग हो । क्यान्सरबाट पिडित विरामी सपिजलै ठीक हुँदैनन्, किनकी यस रोगको लक्षण ढिला पत्ता लाग्छ । र, संसारमा क्यान्सर रोगको स्थायी उपचार अहिलेसम्म पत्ता लागेको छैन । समय रहँदै यस रोगको उपचार सही तरिकाले नभएको खण्डलाई यसलाई रोक्न मुश्किल हुन्छ ।

शरीरमा कसरी हुन्छ क्यान्सर ?

शरीरमा हजारौको संख्यामा खराब कोशिका हुन्छन् । प्रत्येक सेकेन्डमा नयाँ कोशिका पैदा हुन्छ र पुरानो खराब कोशिका नष्ट हुन्छन् । तर क्यान्सर भएमा रातो तथा सेतो रक्तकोषिको सन्तुलन विग्रन थाल्छ । र, कोषिकाको विकास अनियन्त्रित रुपमा भएर क्यान्सरको रुपमा परिणत हुन्छ ।

क्यान्सर निको हुन्छ, डराउनु पर्दैन

क्यान्सर जोकोहीलाई हुन सक्छ। क्यान्सर लाग्नबाट रोकथाम गर्न सकिन्छ। क्यान्सर लागिहालेमा समयमै उपचार गरे निको हुन्छ । सुरु अवस्थाको क्यान्सर पत्ता लागेर उपचार गर्नेहरूले स्वास्थ्य लाभ गरिरहेका छन्। त्यस्ता क्यान्सर विजेताले सक्रिय जीवन बिताउँदै समाजलाई योगदान गरिरहेका छन्।

क्यान्सर रोकथामको विकल्प नभएकाले छिटै पहिचान गर्नुपर्छ। यसका लागि प्राथमिक तहका स्वास्थ्य केन्द्रलाई प्राथमिकता दिनुपर्छ। क्यान्सरका विषयमा चिकित्सक र नर्सलाई तालिम दिन सकिन्छ। रेफरल कहाँ जाने ? बिरामी अन्योलमा पर्न सक्छन्। त्यसका लागि सरकारले क्यान्सर उपचार केन्द्र स्थापना र विकास गर्नुपर्छ । एजेन्सीको सहयोग

प्रतिक्रिया