प्रतिनिधिसभा बैठक सर्यो, बुधबार बस्ने


काठमाडौं – प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारिएको छ । आज (मंगलबार) दिँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै सारिएको हो ।

संसद् सचिवालयले दिएको जानकारीअनुसार बैठक भोलि (बुधबार) दिउँसो ३ बजे बस्नेगरी सारिएको हो । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।

प्रतिनिधिसभा बैठक साउन १० गतेबाट निरन्तर अवरोध हुँदै आएको छ ।

 

प्रतिक्रिया