राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान


काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरबतर्फ प्रस्थान गरेका छन्।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरब र पानस युएईको निमन्त्रणामा साउदी अरब र दुबईमा हुने विविध कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका हुन्

अध्यक्ष लिङ्देन साउदी अरबमा रहँदा त्यहाँको प्रमुख शहरहरु जेद्दा, दमाम र रियादमा विभिन्न नेपाली सङ्घसंस्था एवं नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने, राजदूतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्ने तथा प्रवासी नेपाली एकता समाज साउदी अरबद्वारा आयोजित विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

लिङ्देन युएईको दुबईमा पनि विभिन्न नेपाली सङ्घसंस्था एवं नेपाली समुदायसँग भेटघाट गर्ने, राजदूतावासका अधिकारीहरूसँग छलफल गर्ने, नेपाली श्रमिकको अवस्थाबारे स्थलगत अवलोकन गर्ने र प्रवासी नेपाली समाज युएईद्वारा आयोजित अधिवेशन घोषणा सभा तथा विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ।

भ्रमण दलमा राप्रपा केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी छन्। उनी भदौ १२ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया