

गृहमन्त्री बन्न लागेको भ्रामक समाचार प्रहाव गरि चरित्र हत्या गरियो : वामदेव गौतम

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले केही सञ्चार माध्यमले गृहमन्त्री बन्न लागेको भन्दै आफ्नो चरित्र हत्याको दुषप्रयास गरेको बताएका छन् ।
नेता गौतमले सामाजिक संजाल फेसबुक मार्फत विज्ञप्ती जारी गर्दै केही संचार माध्यमले केपी ओली नेतृत्वको सरकारमा मन्त्री बनेर जान लागेको भनेर भ्रामक समाचार सम्प्रेसन गरि आफ्नो चरित्र हत्या गरिएको बताएका हुन् ।
शुक्रबार साँझ सामाजिक सञ्जालमा जारी विज्ञप्तिमार्फत नेता गौतमले भ्रामक समाचार प्रहाव गर्ने सञ्चारमाध्यमको विश्वास नगर्न सबैमा अनुरोध गरेका छन् ।
उनको विज्ञप्तिमा भनिएको छ, ‘मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जाँदैछन् भन्ने गलत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ। मेरा सबै मित्रहरुलाई यस किसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु।’
प्रेस विज्ञप्ति:
मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपि वली नेतृत्वको…Posted by Bamdev Gautam on Friday, February 19, 2021

