

पूर्वएआईजी चन्दको गुनासो- ‘प्रहरीले मेरो मोबाईल र ल्यापटप खोज्न सकेन’

काठमाडाैं – नेपाल प्रहरीका एक पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले नै प्रहरीको कार्य क्षमतामा प्रश्न उठाएका छन् ।
अवकाश प्राप्त डा. रणबहादुर चन्दले सामाजिक सञ्जाल फेसबुकमार्फत सामान हराएकाे रिपोर्ट गरे पनि प्रहरीले चासो नलिएको भन्दै रोष प्रकट गरेका हुन् । डा. चन्दले नेपाल प्रहरीको अपराध महाशाखाको नाम उल्लेख गर्दै प्रहरीले आफ्नो हराएको सामानको खोजीमा केही पनि नगरेको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘मैले मेरो Mobile Iphone 13 pro र मेरो laptop Mac book air M2 हराएको जानकारी अपराध महाशाखामा गराई सकेको छु। तर केही जानकारी आऐको छैन, म अलमल छु, यो भन्दा पहिला मेरि mac book air M1 को पनि रेपोरत गरे नेपाल प्रहरीले केही गरि दिएन, मेरो laptop पाइएन, क्षमा चाहान्छु, केही गर्न सक्नु हुन्छ भने कृपया ।’
त्यस्तै उनले अर्को स्टाटसमा नेपाल प्रहरीले प्रविधिको जमानामा पनि आईफोन–१३ प्रो र म्याक बुक जस्तो अत्याधुनिक विद्युतीय सामाग्री खोज्न सकिँदैन भने, प्रहरीलाई ‘यूआर जिरो’ समेत भन्दै रोष प्रकट गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘मैले मेरो Mobile Iphone 13 pro र मेरो laptop Mac book air M2 हराएको खोजि गर्न सकदैन भने के अरु न ले खु अहिलेको latest Tech मा पनि केही गर्न सकेन, You are Zerao.’

