

मेयर बालेनविरुद्ध फुटपाथ व्यवसायीको विरोध

काठमाडौं – काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरुलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।
सडक व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालीकाको कदमबिरुद्ध काठमाडौंमा भेला भई प्रदर्शन गरेका हुन्। काठमाडौं महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साइकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरु र केही सर्वसाधारण आन्दोलनमा उत्रिएका छन्।
उनीहरुले सडक व्यापारलाई कानुनले रोकेको अवस्था नरहे पनि महानगरले गैरकानुनी रुपमा व्यवसायीहरुको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप लगाए।
व्यवसायीहरुले शहर सबैका लागि की धनीका लागि मात्रैरु गरी खान देऊ लगायतका नारा लगाएर आन्दोलन गरेका छन्।

