विश्वासको मतका लागि मन्त्री पद र १० करोडको अफर आयो : लिङ्देन


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मतका लागि १० करोड अफर गरिएको खुलासा गरेका छन्। आज (शनिबार) सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले सत्ता पक्षले विश्वासको मतका लागि मन्त्री पद र १० करोड अफर गरिरहेको खुलासा गरेका हुन्।

‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरू प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौं सम्मै आइपुग्यो त,’ उनले भनेका छन्।

कोशीमा राप्रपाका ६ जना सांसद रहेका छन्। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ चार गते विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री थापालाई राप्रपाको समर्थन नभए विश्वासको मत पाउन मुस्किल छ । किनकी ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी जसपाका एक गरि ४७ सांसद छन् ।

उपसभामुखसहित एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ गरि ४६ सांसद प्रतिपक्ष बेन्चमा छन् । प्र्रदेशसभामा सत्ता गठबन्धनका सबै सांसदले उपस्थिती जनाए सरकारलाई सुविधाजनक बहुमत पुग्ने देखिएको छ ।

प्रतिक्रिया