सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा


धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका पही जिल्लामा ओल्के पर्व मनाउने चलन छ। ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ ।

आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठोरमसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।

प्रतिक्रिया