सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


काठमाडौँ – सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया