

सल्यानमा अटो दुर्घटनामा परी १ जनाको मृत्यु, २ घाइते

सल्यान – जिल्लाको त्रिवेणी गाउँपालिकामा अटो दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
छत्रेश्वरी गाउँपालिका ४ अकाशेका अन्दाजी ५१ वर्षीय ठगी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।
गाउँपालिका–६ लुहाम बजारबाट वडा न ५ ढोरचौर गाउँतर्फ जाँदै गरेको रा १ ह ३९३० नम्बरको अटो वडा नं. ५ लाम्रीखोला स्थित भित्री कच्ची सडकमा दुर्घटना हो।
अन्य दुई जना भने सामान्य घाइते भएको र उपचारका लागि लुहाम पठाइएको उनले बताए। उकालोमा चढ्न नसक्दा अटो सडकबाट करिब १५० मिटर तल खसेको थियो। अटो चालकलाई नियन्त्रणममा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

