कुलोले बगाएर दाङमा ५ वर्षीय बालकको मृत्यु


दाङ – दाङको घोराहीमा कुलोले बगाएर एक बालकको ज्यान गएको छ।

आज घोराही उपमहानगरपालिका-१२ देवीस्थान नजिकको कुलोले बगाउँदा पाँच वर्षीय आकाश बिसीको ज्यान गएको प्रहरीले जनाएको छ।

आकाशलाई घर नजिकैको कुलोले बगाएर झन्डै चार किलोमिटर तल निघुवारमा पुर्‍याएको थियो।

प्रतिक्रिया