अत्तरियाको सत्यवती एकेडेमीमा आगलागी


धनगढी – कैलालीको गोदावरी नगरपालिका– २ अत्तरियास्थित सत्यवती एकेडेमीमा आगलागी भएको छ । बुधबार बिहान विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार भवनको चौथो तलामा भएको आगलागी भएको थियो ।

गोदावरी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय मालाखेती, नगर प्रहरी लगायतको सहयोगमा सो आगलागी नियन्त्रणमा लिइएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया