
नेविसंघका असन्तुष्ट पक्षले बुझाए महामन्त्रीद्वय गगन र विश्वलाई बुझाए विधान
काठमाडैं – नेविसंघका असन्तुष्ट पक्षले पार्टी नेताहरूलाई नेविसंघको विधान बुझाएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई उनीहरूले नेविसंघको विधान वमोजिम समिति घोषणा गर्न माग राख्दै संघको विधान बुझाएका हुन्।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विधान विपरित जम्बो केन्द्रिय समिती बनाएको तथा त्यसमा पनि जथाभावि नियुक्ति गरेको भन्दै इतर समुह आन्दोलनमा छ।
पहिलो चरणमा विधान बमोजिमको समिति घोषणा गर्न दबाब दिने तर अध्यक्षले निर्णय नसच्याय विधान बमोजिमको तदर्थ समिति बनाएर अगाडी बढ्ने निर्णय भएको इतर समुहका नेता विनोद शाही ठकुरीले बताए।
शेर्पाले मनोमानी गरेको,पुराना र खटिएकालाई पाखा लगाउन खोज्ने,पुराना र जेष्ठ सदस्यको मानमर्दन गर्ने ,नेताका खल्तिका मान्छे लाई सदस्य बनाउने लगाएत गलत निर्णय नसच्याए नेविसंघलाई विधान सम्मत आफुहरूले डोहोर्याउने शाहीले बताए।
महामन्त्रीहरूको ग्रिन सिग्नल महामन्त्रीद्वयले नेविसंघ इतर समुहको आन्दोलनलाई ग्रिन सिग्नल दिएको इतर समुहका एक नेताले बताए।
इतर समुहको भेटमा इतर समुहका नेताहरूले महामन्त्रीहरूको भुमिकामा असन्तुष्टी जनाएपछि महामन्त्रीहरूले माग सम्बोधन गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन भने विधान सम्मत समिति बनाउने कुरामा आफुहरूको समर्थन रहने बताएका थिए।
एलिजा र मुकेशको राजिनामा
नेविसंघका पूर्व सदस्य एलिजा ढकाल र मुकेश घिमीरेले नयाँ केन्द्रिय समितीको सदस्य पदबाट राजिनामा दिएका छन् । उनीहरूको राजिनामा आएसँगै इतर पक्ष हौसिएको छ। उनीहरूलाई समेट्न अहिले इतरसमुहमा छलफल भैरहेको नेता विनोद शाहीले बताए।



कागजपत्र |
