वैशाखको चुनावी तयारीमा जुट्न दलहरूलाई प्रमुख निर्वाचन आयुक्त थपलियाको आह्वान


काठमाडौं– आगामी १७ र २७ वैशाखको चुनावी तयारीमा जुट्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलहरूलाई आह्वान गरेका छन्।

पाँचौ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै थपलियाले दलहरूसहित मतदातालाई समेत सहभागीताका लागि अपिल गरेका छन्। विहीबार आयोगले ५ औं निर्वाचन दिवस मनाउँदैछ।

थपलियाले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको समेत स्पष्ट पारेका छन् ।

वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो। ‘चुनावलाई आम सहभागितामा सम्पन्न गर्न राजनीतिक वातावरण तयार गर्ने कार्यमा सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्रको सहभागीता हुनेमा आयोग ढुक्क छ’, सन्देशमा भनिएको छ,‘निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज, मतदातालगायत निर्वाचनका सबै सरोकारवालाको संलग्नता, सहयोग, समन्वय, सहकार्य र सहभागिता रहनेमा आयोग छ ।’

‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले दिवस मनाइरहेको उल्लेख गरेका उनले भनेका छन्,‘चुनावको आन्तरिक तयारी तिव्रका साथ भइरहेको छ।’

प्रतिक्रिया