आज घट्यो सुनचाँदीको मूल्य, ताेलामा कति ?


काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य आज एक हजार रुपैयाँले  घटेको छ ।

हिजो प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैंयाले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया